विशेष

बुटवलको साबिक मोतीपुरमा रुपन्देही प्रशासनले लगायो निषेधाज्ञा, जमघट गरे कारवाही

भाद्र २८, 2078 Butwal Post

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरपालिका वडा नं १७ र १८  मोतीपुर स्थित करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला जम्मा गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा आवतजावत भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानिय प्रशासन ऐन, २०२८ को...

संसदको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

भाद्र २८, 2078 न्युज कारखाना

काठमाडौं, २८ भदौ संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज साेमबार दिउँसो बस्दैछ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो । सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् ।सभामुखका प्रेस ...

अमेरिकी सेनाको नाकै अगाडि बस्थे, तैपनि पक्राउ गर्न सकेनन्ः तालिवान प्रवत्ता मुजाहिद

भाद्र २८, 2078 Butwal Post

  एजेन्सी काबुल, २८ भदौ तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भुत जस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनाको व्यंग्य गरेका छन् ।  लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको ना...

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

भाद्र २८, 2078 न्युज कारखाना

काठमाडौं, २८ भदौ  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् ।   ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।  नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्...

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

भाद्र २८, 2078 Butwal Post

एजेन्सी जेनेभा, २८ भदौ द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।  गत महिना तालिवानले सत्ता कब्जा गर...

कोभिडका कारण बन्द हलेसी मन्दिर चार महिनापछि खुल्यो

भाद्र २८, 2078 न्युज कारखाना

खोटाङ, २८ भदौ  कोभिड-१९ को दोस्रो लहरका कारण चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहानदेखि हलेसी खुला गर्दै पूजाआज...

बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणा

भाद्र २७, 2078 Butwal Post

  –घरैदेखि प्रकृत्ति छुट्टाएर प्रशोधन केन्द्रमा लगिने –जैविक मल र वायोग्यास समेत निकाल्ने तयारी बुटवल । फोहोरको प्रभावकारी र दीर्घकालीन व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले विशेष अवधारणा अगाडि सारेको छ । कुहिने र नकुहिने फोहोरलाई अलग अलग गरेर व्यवस्थापन गरिने भएको छ ।  फोहोरको प्रकृत्ति अलग अलग गरेर जैविक मल बनाउने र उपयोग गर्ने ...

एमसीसीबारे एमालेले धारणा बनाएको छैन : नेता भट्टराई

भाद्र २७, 2078 न्युज कारखाना

काठमाडौं, २७ भदौ नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले  सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए । ‘हाम्रो पार्टीले अहिले एमसिसीको बारेमा कुनै धारणा बनाएको छैन ।  सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन ...

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना एमालेमा प्रवेश

भाद्र २७, 2078 Butwal Post

  काठमाडौं, २७ भदौ विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवं बागमती प्रदेश कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले टिका तथा खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रमम...

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

भाद्र २६, 2078 Butwal Post

काठमाडौं, २६ भदौ अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहर...
To Top