विशेष

रुपन्देहीमा माओवादीबाट एमाले प्रवेश गर्नेको लर्को

चैत्र २५, 2078 Butwal Post

रुपन्देही । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ मञ्जु भुसाल शुक्रबार एमाले प्रवेश गरेकी छन् । उनि सहित नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुषाल दीप , DCM कृष्ण नेपाली ,मुम ब कुँवर  , नारायण प्रसाद भुषाल सहित जम्बो टोली प्रवेश गरेका छन् । निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल...

गठबन्धन अस्वीकार गर्ने शेखर समूहको निर्णय, चुनावमा एक्लै लड्ने

चैत्र २५, 2078 Butwal Post

महोत्तरी – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो । बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको ...

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागु हुँदै, के गर्न पाइने, के नपाइने ?

चैत्र २५, 2078 Butwal Post

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थान...

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

चैत्र २५, 2078 Butwal Post

काठमाडौं, चैत २५ । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ...

कानुनमन्त्रीमा नियुक्त भएका गोविन्द बन्दी अध्यक्ष माधवकुमार नेपालका सम्धि

चैत्र २४, 2078 Butwal Post

परमादेशमा सहयोग वापत मन्त्री पद  नेकपा एकीकृत समाजवादीको कोटामा कानुनमन्त्रीमा नियुक्त भएका गोविन्द बन्दी अध्यक्ष माधवकुमार नेपालको परिवारका नातेदार भएको खुलेको छ । उनी यसअघि नातेदार भएकै कारण माधव नेपालको बाटोमा अघि बढेका थिए । उनी माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुँभाइ हुन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गैरसांसद...

लुम्बिनीमा एकीकृत समाजवादी गठबन्धनबाट आउट

चैत्र २४, 2078 Butwal Post

सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ। बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा माओवादी केन्द्रका लु...

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको भाउ पनि बढ्यो

चैत्र २३, 2078 Butwal Post

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम संचालक समितिको बैठकले मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।  निगमका सहप्रवक्ता...

आयोगले आचारसंहिता पूर्ण पालनाबारे दलहरु संग प्रतिबद्धता लिने

चैत्र २२, 2078 Butwal Post

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको छ । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उनले बत...

राज्य ढुकुटीबाट हेलिकोप्टर चढेर चुनाव प्रचारमा माओवादी अध्यक्ष र मन्त्रीहरु

चैत्र २२, 2078 Butwal Post

 स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ...

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

चैत्र २१, 2078 Butwal Post

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत् सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले मिति २०७८ साल चैत २१ गते सोमबारबाट औपचारिकरुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो व...
To Top