place your ad here

गृहपृष्ठ सर्लाहीको बागतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाहीको बागतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

butwal post

काठमाडौँ — सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बागती नगरपालिकाका मेयर भरतबहादुर थापा (हाल निलम्बन) र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ ।अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार मेयर थापासहित सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ मा उल्लेखित गलत लिखत तयार पारेको, दफा १ मा गैरकानुनी हानीनोक्सानी गरेको, पुर्‍याएको र दफा १९ को गलत प्रतिवेदन तयार पारेका गरी ३ वटा कसुर लगाइएको छ ।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु