राजनीति

राज्य ढुकुटीबाट हेलिकोप्टर चढेर चुनाव प्रचारमा माओवादी अध्यक्ष र मन्त्रीहरु

चैत्र २२, 2078    Butwal Post

 स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न चैत १२ मा हेलिकोप्टर चढेर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल । दाहालसहितको टोली काठमाडौंबाट बारपाक पुग्दा लागेको हेलिकोप्टर भाडा १ लाख ९० हजार गाउँपालिकाले बेहोरेको थियो।

 एक मन्त्री जिल्ला भ्रमणमा निक्लँदा पाँचदेखि १५ जनासम्म सँगै हुने गरेका छन् । धेरैजना अटाउन नेताहरूले सेनाको एमआई १७ हेलिकोप्टरलाई प्राथमिकतामा राख्ने गरेका छन्, जसको भाडा प्रतिघण्टा आठ लाख रुपैयाँभन्दा बढी पर्छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top