खेलकुद

नेपाल अविजित रहँदै ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको उपाधि उचाल्यो

चैत्र २१, 2078    Butwal Post

काठमाडौं। नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको छ।  त्रिदेशीय टी २० क्रिकेट शृंखलाको फाइनल खेलमा मात्र होइन पूरै प्रतियोगिता भरी दीपेन्द्र सिंह ऐरीले उत्कृष्ठ अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अविजित रहँदै ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको उपाधि उचाल्यो।

यसअघिको दुई म्याचको एकदिवसीय सिरिज पीएनजीसँग २-० ले गुमाए पनि घरेलु टी-ट्वान्टी सिरिजमा भने नेपालले पाँच खेल नै जित्यो। फाइनल जितेपछि नेपाली टिममा कप्तान सन्दीप लामिछानेले भने,“धेरै खुशी छु कि नेपाली टिमले सोचे जस्तो प्रतियोगिता खेल्न सक्यो। भविष्यमा ठुला उपलब्धि पाउनको लागि यो शुरुआत मात्र हो।”

सोमबार टीयू खेल मैदानमा भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यो फाइनलको जितसँगै नेपालले पीएनजीसँग एकदिवसीय सिरिजको हारको बदला पनि लिएको छ। साथै नेपाल पीएनजीलाई पहिलोपटक लगातार तीन टी-ट्वान्टी खेलमा हराउन पनि सफल भयो।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top