राजनीति

रुपन्देहीमा माओवादीबाट एमाले प्रवेश गर्नेको लर्को

चैत्र २५, 2078    Butwal Post

रुपन्देही । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ मञ्जु भुसाल शुक्रबार एमाले प्रवेश गरेकी छन् । उनि सहित नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुषाल दीप , DCM कृष्ण नेपाली ,मुम ब कुँवर  , नारायण प्रसाद भुषाल सहित जम्बो टोली प्रवेश गरेका छन् ।

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन् । तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन् ।

भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले एमालेमा स्वागत गरेका छन् ।

नेतृ भुसालसहित २५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top