छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्ने भएको छ । नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा छनोट भएर खेलपाटीले प्रत्यक्ष प्रशारण अधिकार प्राप्त गरेको हो । बुधबार भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र खेलपाटीका तर्फबाट आशिष पौडेलले प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एनभीए क्लब च्याम्पियनसिप अन्तर्गतको सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रशारणको अधिकार खेलपाटीले प्राप्त गरेको छ ।
संघकी उपाध्यक्ष निरोज मास्केले भलिबल खेलको प्रत्यक्ष प्रशारण अधिकार बिक्री हुनु खुसीको विषय भएको बताईन् । उनले भलिबल खेललाई थप व्यवसायीक बनाउने अभियानमा यसले एउटा कोशेढुङ्गाको काम गर्ने बताईन् । खेलपाटीका प्रबन्ध निर्देशक आशिष पौडेलले भलिबलसंग जोडिएर काम गर्न पाएकोमा खुसी ब्यक्त गरे । राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रशारणले भलिबलको प्रबद्र्धन र विकासमा थप टेवा पुग्ने धारणा राखे ।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असोज १० देखि १६ गतेसम्म सञ्चालन हुदैछ । राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा देशभर उत्कृष्ट क्लब सहभागी बन्दैछन् ।
0 प्रतिकृयाहरू प्राप्त
तपाईंको मत