जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मोतीपुर स्थित करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला जम्मा गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा आवतजावत भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग २८ भदौ देखि नै लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको बताएको छ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने व्यहोरा विज्ञप्ति मार्फत सर्वसाधारणमा सूचित गरिएको छ ।
0 प्रतिकृयाहरू प्राप्त
तपाईंको मत