राजनीति

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना एमालेमा प्रवेश

भाद्र २७, 2078    Butwal Post

 

काठमाडौं, २७ भदौ

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवं बागमती प्रदेश कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले नुवाकोटका सचिव काशी अधिकारी, एमाले नुवाकोटका नेताहरू नारायण घिमिरे, दीपक कार्की, रामनाथ खनाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले नुवाकोटका युवानेता सुरेश भण्डारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले नवप्रवेशी युवाहरूलाई एमालेले उचित स्थान दिने बताएका थिए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top