राजनीति

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

भाद्र १३, 2078    Butwal Post

जनकपुरधाम, १३ भदौ 

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ ।

भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ । जिम्मेवारी हेरफेरप्रति विजय यादवले भने असन्तुष्टि जनाएका छन् । 

प्रदेश सरकारको कामकारबाहीलाई चुस्तदुरुस्त बनाउन मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको निर्वतमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top