राजनीति

प्रधानमन्त्री देउवाले पाए सं‌सद्‌मा विश्‍वासको मत

साउन ३, 2078    Butwal Post

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्‍नि सापकोटाले घोषणा गरेका हुन् ।

देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

सभामुख सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधव नेपाल पक्ष र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् । 

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top