आज २०७८ साउन महिनाको पहिलो दिन अर्थात् १ गते शुक्रबार, आज कर्कट सक्रान्ति / लुतो फाल्ने दिन।
प्रत्येक वर्ष साउन महिनाको १ गते साउने सङ्क्रान्ति पर्व मनाइने चलन रहँदै आएको छ। आज आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर साउने सङ्क्रान्ति पर्व मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी आजबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भनेर चिनिने आजका दिन देशभर साउने सङ्क्रान्ति मनाउने परम्परा रहँदै आएको हो। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइँदै आइएको छ।
आज लुतो फाल्ने दिन पनि भनेर चिन्छन्। असारमा सबै खेतीमा काम गर्ने भनेका कारण खेतमा हिलो माटोमा काम गर्दा छालासम्बन्धी रोग लाग्ने भनेका कारण यसलाई ठीक गर्नका लागि आजका दिन लुतो फाल्ने गरिन्छ।
आजका लागि आफ्ना आफन्तजन जम्मा भई मीठा परिकार बनाई रमाइलो गरी मनाइने गरिन्छ। धार्मिक मान्यता अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ। यसरी अगुल्टो फालेपछि शरीरमा लाग्ने छालासम्बन्धी रोगबाट मुक्त हुने मान्यता रहेको छ।
त्यस्तै आजका दिन लुतो फाल्दा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । आजका दिन महिलाले हरियो चुरा लगाउने पनि गर्दछन्।
0 प्रतिकृयाहरू प्राप्त
तपाईंको मत