राजनीति

माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सुरू

असार २८, 2078    Butwal Post

काठमाडौं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव(बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चाको बैठक अहिले बसिरहेको छ ।

सर्वोच्च अदालतले दुई भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ।q

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top