राजनीति

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा प्रदर्शन

असार २८, 2078    Butwal Post

बुटवल । सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाको विरोध गर्दै बुटवलमा एमाले निकट विद्यार्थी र युवाहरुले प्रदर्शन गरेका छन्।

सोमबार दिउसो सर्वोच्च अदालतले गरेको फैसलाले बहुदलीय शासन व्यवस्था समाप्त पार्न खोजेको भन्दै प्रदर्शनमा उत्रिएको उनिहरुले बताए । सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहमा जम्मा भएर युवा संघ र अनेरास्ववियूका नेता-कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले गैर संवैधानिक परमादेश खारेज गर भन्दै प्रदर्शनमा उत्रिएका छन्।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top