राजनीति

एमाले विवाद १० बुदे सहमति संगै अन्त्य ; विभाजनको डिलबाट फर्कियो

असार २७, 2078    Butwal Post

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्दै एकता कायम गर्न बनेको कार्यदलबीच १० बुँदे सहमति भएको छ ।

पार्टीभित्रको विवाद मिलाउने गरी सहमति गर्न बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले अन्ततः १० बुँदे सहमति गरेकाे हाे । 

झण्डै १३ घण्टा लामो बैठकपछि जुटेकाे सहमितबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदलका सदस्य भीम रावल, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङले सहमति भएको बताए । सहमतिको पत्र पढेर सुनाउँदै पार्टी सचिव प्रदीप ज्ञवालीले कार्यदल सदस्यबीच भएकाे सहमितको पत्र नेतृत्वलाई पेश गर्ने नेता रावलले बताए ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top