साहित्य

टपरी

असार २७, 2078    नर बहादुर घर्ती

टपरी                                     

ओ हो!
झुक्किन पनि ,
कति नराम्रोसंग झुक्किईयो?
तारामण्डल प्वाल हेर्दाहेर्दै।
झोल त के,
झाम्टै सर्लक्क चुहेको देख्दादेख्दै।
वहकियर डिवे चुल्होमा,
पतङ्गिदै फिल्ल पुग्ने ,
टपरिलाई  थाल हो भनेर!

साराले भन्दै थिए,
यो टपरि भरकै हैन,
कहिल्यै भान्सो पूरा गर्दैन, 
केहि कामको छैन।
सँधै अरुकै भागमा हेर्छ।
आफ्नोमा थोरै देख्छ,अरुलाई आँखा तर्छ।
कि घोप्टिन्छ,कि भड्किन्छ।
एउटा बिढङ्ग, गर्छ गर्छ। 

चुहुने यो टपरिको,
बानि छ अझ अनौठो।
जन्मै देखि,
बगालमा यो कहिल्यै नबस्ने।
उल्टो हावामा सुसाउने,
आफ्नैलाई  जुठो सिता छर्कने।
आँफूले कहिल्यै पात टिप्दैन,सिन्का बटुल्दैन।
सवै अरुले , ठिक्क पार्दिएपछि,
ठूलो भाग ओगट्छ र,
भन्न थाल्छ !
यो भयन, त्यो भयन;
सल्लहै बिना  सव किन  यो?
तर भाग कहिल्यै छोड्दैन।
पिंधै नभएकाले,
अडिन  त  सक्दैसक्दैन। 

त्यो बेला हामीले जिद्धि गर्यौँ।
थाल बन्ला अव त भन्ने बिस्वासमा पर्यौं।
जनताले शंका गर्दा,
सुदर्शनचक्रलेभ्वांङ्ग टाहालेर,
झल्झलाकार पिँध देखायौं।
कांसको थाल टिनिन्न बजायर,
आवाज यहि हो, 
लौसुन्नुस भन्यौं।
अव उड्दैन, चुहुँदैन,
भड्किन्न, घोप्टिन्न भन्यौं।
टपरिको साक्षि बसेर, 
अव धोका नहुने प्रतिज्ञा गर्यौं। 

तर के गर्नू!
टपरि थाल भयन,
गाउंँमा कति दु:ख आपत पर्यो,
एक फिटिक आयन।
आफूलाई साक्षि बसेर थाल भनेकाहरु!
मर्दो जिउँदो के छन्?
एक कल फोन लायन।
अनेक गुड्डि हाँक्छ केन्द्रमा बसेर,
क्षेत्रमा माखो मारेन।
उल्टै दुईचार झिँजे चम्चा राखेर,
दुनियाँलाई अर्तिपो दिन्छ।
टपरिलाई जोगाउँन,
काने दुनोपो खटिन्छ। 

जनताले धोका पाए, 
ठाउँ पछाडि पर्यो।
थाल बनाउँन खोज्दा, 
टपरिले गर्नुगर्यो।
बोक्ने र ओत्नेले गाल पाए।
काँध थाप्नेका काँध गन्हाय।
के हुनसक्छ?
यों भन्दा ठूलो धोका!
कसरि सहनू? पाएको भाग मेटिँदा!
त्यसैले भाँडै भरको,
चाहिन्छ सधैं भरि।
समातौँ अव थाल नझुक्किऔं,
मिल्काइदिउंँ चुहुँने टपरी। 

© नरबहादुर घर्ती

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top