राजनीति

आफूलाई शेर बहादुर देउवाले सभापति छोड्ने गोपालमान श्रेष्ठको भनाई ।

असार २७, 2078    Butwal Post

काठमाडौं । नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा आफु कुनैपनि हालतमा सभापतिको उम्मेदवार बन्ने दावी गर्नुभएको छ । घोषणा गर्ने र पछि हट्ने उम्मेदबार आफु नभएको स्पष्ट पार्दै सवैको साझा उम्मेदवारका रुपमा आफू उभिनेगरी गृहकार्य भइरहेको पनि जानकारी दिनुभयो ।

सवै आकांक्षिहरुहरु भन्दा पुरानो र मध्यमार्गी उम्मेदवार भएकाले सवैले आफुलाई स्विकार्न सजिलो हुने उहाँको विश्वास छ । नेता श्रेष्ठले साझा हुन नसकेमा सभापति शेरबहादुर देउवा समूहबाट आफु आधिकारीक उम्मेदवार बन्ने बताउनुभयो ।

“शेरबहादुरजीलाई मैले अहिलेसम्म सघाएँ, अव उहाँले मलाई सघाउनुुहुन्छ, मेरो अन्तिम उम्मेदवारी हो यो पटक, यसपछि हाम्रो तर्फबाट विमलेन्द्र निधिजीलाई अगाडि सार्ने हो, त्यही अनुसार कुरा भइरहेको छ,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो।

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता श्रेष्ठले सभापति देउवाले आफुले छोड्ने अवस्था आएमा तपाइलाई नै समर्थन गर्छु भन्नु भएको पनि जानकारी दिनुभयो ।

विगतमा लामो समय कार्यबहाक सभापति भएर काम गरेको र अहिलेका आकांक्षिहरु मध्ये आफु नै सवैभन्दा बरिष्ठ उम्मेदवार भएको उहाँको भनाई छ । आफु पनि सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु पार्टीमा लागेकै बेलादेखि लागेको र उहाँहरु भाग्यमानी भएर मौका पाएको आफुले भने नभएको उहाँले बताउनुभयो ।

अन्य पदमा आफुले सम्झौता नगर्ने दावी सहित बरिष्ठ नेता पौडेलप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “सभामुख भएको व्यक्ति फेरि मन्त्री बन्न म जान्न ।” त्यसैगरी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाप्रति लक्षित गर्दै उहाँले आफु बाउ बाजेको नाम लिएर राजनीतिमा आएको नभई, क्षमता र संघर्षले आएको दावी गर्नुभयो ।

नेता श्रेष्ठले आफु युवाहरुलाई लिएर एक कार्यकाल पार्टी हाँक्न चाहेको र त्यसपछि अविभावक भएर बस्ने अठोट पनि व्यक्त गर्नुभयो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top