राजनीति

एमालेमा विवाद सहमति संगै टुङ्गिदै

असार २१, 2078    Butwal Post

सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको बैठक सकिएको छ । दुवै पक्षका संयोजकसहित सिंहदरबारमा बसेको कार्यदल बैठकले अनौपचारिक रूपमा दुवै पक्षबीच भएका छलफललाई एकीकृत गर्ने निर्णय गरेको छ ।

कार्यदल सदस्य रहनुभएका एमाले सचिव गोकर्ण विष्टका अनुसार बैठकमा गहन छलफल भई दुवै पक्षको सुझावलाई एकीकृत बनाएर सहमतिको अन्तिम खाका तयार पार्ने निर्णय बैठकले गरेको छ । बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै भोलि १ बजे पुनः बैठक बस्ने निर्णय भएको छ । एमालेमा बिवाद समाधानका लागि कार्यकर्ताको चर्काे दवावपछि लगभग भंग भइसकेको भनिएको कार्यदल ब्यूँताइएको हो । आइतवार राती अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलसँग लामो छलफल गरेपछि कार्यदल ब्यूँतिएको हो ।

रावलले आइतवार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसँग दुई घण्टा लामो बार्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले आफू पार्टी एकता जोगाउनका लागि जुनसुकै तहको लचकता अपनाउने तर बिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर अदालतको फैसला आउनुअगावै फिर्ता हुनुपर्ने बटमलाइन सुनाउनु भएपछि कार्यदल बैठकबाटै सहमति खोज्ने जवाफ उपाध्यक्ष रावलले दिनुभएको थियो । सोहीअनुसार बैठकबारे बरिष्ठ नेता माधव नेपाललाई आज बिहान जानकारी गराउँदै साँझ कार्यदल बैठक तय गरिएको थियो ।

एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले गठन गर्नुभएको १० सदस्यीय कार्यदलमा संस्थापनबाट सुवासचन्द्र नेम्वाङ र नेपाल समुहबाट रावल संयोजक हुनुहुन्छ । कार्यदलमा संस्थापनबाट बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल तथा माधव समुहबाट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र रघुजी पन्त सदस्य हुनुहुन्छ ।

कार्यदल बैठक चलिरहेकै बेला माधव समुहका २३ जना बिघटित प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर बेचेपछि बैठक नै भाँडिएको थियो । एमाले एकता जोगाउने अभियानमा लागेका दोस्रो तहका नेताहरुको दवाव र अध्यक्ष ओलीको लचकतापछि आज पुनः कार्यदल ब्यूँताइएको हो । कार्यदल संयोजक नेम्वाङले ब्यूँतिएको कार्यदलको छलफल निकै सकारात्मक रहेको बताउनु भयो ।

एमालेमा नेता नेम्वाङसहित बिष्णु पौडेल, शंकर पोखरेल, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराईहरु निरन्तर रुपमा एकताका लागि दवाव दिँदै आउनु भएको थियो । सोही क्रममा यसअघि नै सहमतिका लागि तीन बुँदे अनौपचारिक मस्यौदा तयार भइसकेको छ । सो सहमतिमा माधव नेपालसमेत सहमत हुनुभए पनि कार्यदल संयोजक रावलबाहेकका सदस्यले तयार पारेको कारण अन्तिम रुप पाउन सकेको थिएन । आजको बैठकमा अहिलेसम्म भएका सवै छलफललाई मिलाएर एकीकृत धारणा बनाउने सहमति जुटेको छ

‘लामो मेहनतको फलका रुपमा आजको कार्यदल बैठक हो, अव राम्रो नतिजा आउने आशा जागेको छ,’ नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो । एमालेमा नेता नेम्वाङसहित बिष्णु पौडेल, शंकर पोखरेल, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराईहरु निरन्तर रुपमा एकताका लागि दवाव दिँदै आउनु भएको थियो ।

सोही क्रममा यसअघि नै सहमतिका लागि तीन बुँदे अनौपचारिक मस्यौदा तयार भइसकेको छ । सो सहमतिमा माधव नेपालसमेत सहमत हुनुभए पनि कार्यदल संयोजक रावलबाहेकका सदस्यले तयार पारेको कारण अन्तिम रुप पाउन सकेको थिएन । आजको बैठकमा अहिलेसम्म भएका सवै छलफललाई मिलाएर एकीकृत धारणा बनाउने सहमति जुटेको छ ।

जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको थिएन । यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए । कार्यदललाई ब्यूताएर आज भएको बैठकबाट भने एमालेमा फेरि एकताको प्रयाश मुर्त रुप लिनेतर्फ अग्रसर भएको छ । जनता टाइम्स

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top