राजनीति

कांग्रेसमा सहमति- क्रियाशील सदस्यताको टुंगो लगायो

असार १८, 2078    Butwal Post

नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबाट एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै  निष्पक्ष छानविनको माग गर्दै सभापतिलाई दबाब दिदै आएको थियो । 

आज भएको सहमतिमा नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ । यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्ला देखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ । प्रदेश जिल्ला र वडा स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।  

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top