साहित्य

आजको राशिफल, मिति २०७८ असार १८ गते शुक्रबार । तदनुसार २ जुलाई २०२१

असार १८, 2078    Butwal Post

वि.सं. असार १८, २०७८ । ई.सं. 02 Jul, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलागा । उत्तरायण । ग्रीष्म । शुक्रवार । आषाढ कृष्णपक्ष । तिथि - अष्टमी , १८:०७ बजे उप्रान्त नवमी । नक्षत्र - उत्तरभाद्रपदा , ७:१७ बजे उप्रान्त रेवती । योग - शोभन , १४:३९ बजे उप्रान्त अतिगण्ड । करण - वालव ५:३९ बजेदेखि कौलव , १८:०७ बजे उप्रान्त वणिज । चन्द्रराशि - मीन । आनन्दादि योग - ध्वज । दिनमान ३४।३१ । सूर्योदय ५:१३ । सूर्यास्त १९:०२ । पञ्चक, गोरखकालीपूजा, देउपाटनमा त्रिशुलयात्रा, (भलभलअष्टमी), खेलकुद पत्रकार दिवस । 

आजको राशिफल 

मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । धनार्जनको योग रहेको छ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला । 

बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
प्रियजनसंग बिछोड हुनसक्नेछ ।  शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । नविन व्यवसायमा घाटा हुने अबस्था छ हात नहालेकै राम्रो । 

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । माटो तथा कृषि सम्बन्धि काममा फाइदा होला । 

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व कायम राख्न सफल भइने छ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । 

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
टाउकोमा समस्या आउने छ । स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । यात्रा फलदाइ रहला । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । विलासिताका वस्तुमा मन जानेछ । 

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुनेछैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन ।  

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
आफन्तहरुसंग झगडा हुन सक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top