समाज

एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु, चालक घाइते

असार १७, 2078    Butwal Post

कास्की | एम्बुलेन्समा पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत बनिरहेको सडकमा लेदोसहितको पहिरो आएर एम्बुलेन्समाथि परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार एम्बुलेन्समा पहिरो आएपछि चालकले भागेर ज्यान जोगाएका थिए । बिरामीको भने घटनास्थलमै ज्यान गएको हो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top