place your ad here

गृहपृष्ठ राममणी क्याम्पसमा डेङ्गी रोग सम्बन्धी सचेतना कार्यक्रम

राममणी क्याम्पसमा डेङ्गी रोग सम्बन्धी सचेतना कार्यक्रम

दारी ग्याङ, रुपन्देही
butwal post

बुटवल | सामाजिक क्षेत्रमा सकृय युवाहरुको संस्था दारी ग्याङ, रुपन्देही र रोट्याक्ट क्लब अफ राममणी क्याम्पसको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिकामा पर्ने राममणी क्याम्पसमा १ दिने डेङ्गी रोग सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

दारी ग्याङ रुपन्देही, दारी ग्याङ रुपन्देही स्वास्थ्य बिभाग, रोट्याक्ट क्लब अफ राममणी क्याम्पस तथा दारी ग्याङ रुपन्देही तिलोत्तमाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेल र रोट्याक्ट क्लब अफ राममणी बहुमुखी क्याम्पस वर्ष २४/२५का अध्यक्ष रमेश लम्सालको संयुक्त अध्यक्षता, तारा प्रसाद पराजुलिको प्रमुख आतिथ्यता, गणेश पन्थ र रुबिन पाण्डेको विशिष्ट आतिथ्यता, साथै दारी ग्याङ तिलोत्तमा प्रतिनिधि जीवन बिश्वकर्मा, दारी ग्याङ रुपन्देही स्वास्थ्य बिभाग संयोजक सन्तोष खरेल, मदन न्यौपाने, गणेश भुषाल, निश्चल बि.क को आतिथ्यता रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले बर्खाको समय सकिने र नया सिजन सुरु हुने बेला तराइका जिल्लामा डेङ्गी रोग लागेर धेरै मानिसहरुको ज्यान खतरामा पर्ने गरेको यो समयमा दारी ग्याङ र रोट्याक्ट क्लब अफ राममणी क्याम्पसले यस्तो सचेतना कार्यक्रम गरेकोमा आफू धेरै नै खुसी भएको भन्दै र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम ल्याउनको लागि दारी ग्याङ रुपन्देहीलाइ अग्रह गर्दै शुभकामना तथा धन्यबाद समेत दिनुभयो।

डेङ्गी रोकका कारण, यो रोगले पारेको असर, यसबाट बच्ने तथा रोकथानका उपाय बारे जानकारी दिनुहुदै दारी ग्याङ रुपन्देहिका स्वस्थ्य बिभाग संयोजक तथा कार्यक्रमका सहजकर्ता सन्तोष खरेलले आजको दिनको सिकाइले सम्पुर्ण उपस्थित महानुभाब तथा अतिथिहरुलाइ आफ्नो आफ्नो क्षेत्रमा सिकाइका कुरालाइ ब्यबहारमा उतार्दै डेङ्गी रोकबाट आफू बच्न र अरुलाइ बचाउन सबैलाइ आग्रह गर्नुभयो।

दारी ग्याङ रुपन्देहीले गरेका हरेक सामाजिक कार्यहरुलाइ आफुले सधै हेरिरहेको र प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गरिरहेको र आगामी दिनमा पनि आफुले दारी ग्याङ रुपन्देहीलाइ साथ सहयोग गर्ने कुरा कार्यक्रमका प्रमुख अतिथीले बताउनुभयो।

कार्यक्रम समापन गर्दै दारी ग्याङ, रुपन्देहीका अध्यक्ष भरत पौडेलले दारी ग्याङले विभिन्न सामाजिक संस्थाहरुसँगको सामाजिक सक्रियता, सम्बन्धमा सक्रियताको सुरुवात गरेकाे र सामाजिक परिदृश्यामा सकरात्मकता फैलाउने कार्यक्रम समन्वय गर्दै जाने र समुदायमा जनचेतनामुलक कार्यक्रमलाइ निरन्तरता दिदै दारी ग्याङले विभिन्न कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सबैले आफ्नो ठाउँबाट साथ र सहयोग गर्नुहुन अनुरोध गर्दै उपस्थित सबैलाइ धन्यबाद समेत दिनुभयो।

उक्त कार्यक्रममा करीब १२० भन्दा धेरै विधार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य रोट्याक्ट क्लब अफ राममणी बहुमुखी क्याम्पस वर्ष २४/२५का अध्यक्ष रमेश लम्सालले राख्नुभएको थियो भने कार्यक्रम संचालन मदन न्यौपानेले गर्नुभएको थियो।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु