place your ad here

गृहपृष्ठ पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना

पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना

पाल्पाको नुवाकोटदेखि बुटवल
butwal post

बुटवल | पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटनामा परी बुधबार साँझ ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको सेलेरियो सडकदेखि करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

रुपन्देहीको सैनामैनामा यात्रुवाहक बस दुर्घटना

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु