place your ad here

गृहपृष्ठ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहीकाे रोपाई जात्रा

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहीकाे रोपाई जात्रा

butwal post

बुटवल : असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहिले तिलोत्तमा-४ शान्तिकुन्जमा रोपाइ गरि राष्ट्रीय धान दिवस मनाएको छ।

दारी ग्याङ रुपन्देही तिलोत्तमा नगर प्रतिनिधि जीवन विश्वकर्मा, दारी ग्याङ संस्थापक अध्यक्ष प्रदिप गैरे रुपन्देही जिल्ला कार्यसमिति सदस्य लेलिन भुर्तेल, राजन घर्ति क्षेत्री दारी ग्याङ रुपन्देही आईटी उपसमिति संयोजक मधु पन्थ साथै सदस्य विवेक कँडेल, निश्चल सुनार र प्रेमनाथ गौडेलको उपस्थितिमा रोपाई उत्सब भएको हो।

देशैभर राष्ट्रिय धान दिवस आज खेतका गराभरी धान रोपेर मनाइँदैछ। दारी ग्याङले आज उत्सवको रूपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ जात्रा मनाउँदैछ।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस नेपालमा मनाउन थालिएको हो। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।

देशको परम्परा, संस्कृति र अर्थतन्त्र सम्बन्धी उत्पादनमुलक विषय भएको हुदा याे कार्यलाइ  निरन्तरता दिइने दारी ग्याङका संस्थापक अध्यक्ष प्रदिप गैरेले बताउनुभयो।

असार १५ विशेष कार्यक्रम रोपाइँ गरि, हिलो खेली र दहि चिउरा खाएर रमाइलो गर्दै मनाईएको दारी ग्याङ रुपन्देही तिलोत्तमा नगर प्रतिनिधि जीवन विश्वकर्माले जानकारी दिनुभयो।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु