समाज

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान

भाद्र २, 2077    बुटवल पोस्ट

बुटवल, भदौ २ । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीले सोमबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १८१ औं विश्व फोटोग्राफी दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका फोटोग्राफर महासंघ तदर्थ समितिका संयोजक महेन्द्रप्रसाद चापागाई उपाध्यायले विश्व फोटोग्राफर दिवसको शुभकामना दिदै छरिएर रहेका सबै फोटोग्राफरहरु एकजुट हुनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल रक्तदाता स्वयंसेवी रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बुटवलमा रगतको अभाव हुन नदिन विभिन्न संघसंस्थाले महत्वपूर्ण योगदान गरेको प्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रम संयोजक माधवप्रसाद पन्तले कोही पनि रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस भनेर कोभिड–१९ को महामारीको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।

बुटवलको रक्त सञ्चार कार्यलयमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि महासंघका संयोजक उपाध्यायले प्रमाणपत्र समेत वितरण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव रामु भण्डारीले गर्नुभएको संघका कार्यसमिति सदस्य त्रिभुवन पाण्डेले जानकारी गराउनुभएको थियो ।

 

1 प्रतिकृयाहरू प्राप्त

Gordon Lockhart लेख्नुहुन्छ | करिव 2 महिना अगाडी

YOU NEED QUALITY VISITORS for your: butwalpost.com My name is Gordon Lockhart, and I'm a Web Traffic Specialist. I can get: - visitors from search engines - visitors from social media - visitors from any country you want - very low bounce rate & long visit duration CLAIM YOUR 24 HOURS FREE TEST => https://bit.ly/3h750yC

तपाईंको मत

To Top