राजनीति

युवालाई भ्रमका पछाडी नलाग्न अनुरोध गर्दछौं – नेकपा अध्यक्ष बाबुराम पन्थी  

जेठ ३१, 2077    बुटवल पोस्ट

बुटवल, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले आम युवाहरुलाई भ्रममा परेर सडक आन्दोलनमा नजान अनुरोध गर्नुभएको छ । सामुदायिक रेडियो लुम्बिनीमा आज बिहान दिनुभएको अन्तरवार्तामा वहाँले अहिले भइरहेको आन्दोलन सुनियोजित, प्रायोजित र भ्रमित आन्दोलन हो भन्नुभएको छ । 

सामुदायिक रेडियो लुम्बिनीमा वरिष्ठ पत्रकार लक्ष्मण पौडेलसँग समयसन्दर्भ कार्यक्रममा वहाँले आज दलाल नोकरशाही चरित्र बोकेका पक्तिले सरकारलाई कमजोर बनाउन लागेको बताउनुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन विभिन्न कोणबाट लागिरहेको बताउनुभएको छ । 

नेकपा नगर अध्यक्ष पन्थीले कसैले आफुलाई अदृश्य शक्तिका रुपमा राखेर सामाजिक सञ्जालको प्रयोग गरेर कुनै न कुनै चिजको लोभ देखाएर युवालाई भ्रमित गराएर यो आन्दोलन गरिएको बताउनुभएको थियो । 

1 प्रतिकृयाहरू प्राप्त

Kamal ghimire लेख्नुहुन्छ | करिव 2 महिना अगाडी

भस्टचारमा चुर्लुम्म डुबेर जनतालाई सिटामोल नदीने नपुङ्सक सरकारको र झोले कार्यकर्ता को के कुरा गरौ।कठैबरै भस्टचारी

तपाईंको मत

To Top