साहित्य

प्रधानमन्त्रीकै मुख ताक्ने हो भने, स्थानीय र प्रदेश सरकार किन चाहियो ?

चैत्र १६, 2076    आरती भण्डारी

कोरोना भाइरसको त्रासपुर्ण वातावरणमा जे देखिएको छ त्यसलाई साहित्यकार आरती भण्डारीले कविता मार्फत यथार्थ रुपमा चित्रण गर्नुभएको छ । सरकारको आलोचना गर्नुभन्दा राष्ट्रप्रति आफु कति जिम्मेवार छौ त भन्ने कुराको चित्रण गरिएको कविताको बाँकी अंश यस प्रकार रहेको छ । 

हामी कत्ती सिपालु भयौ,
समस्या प्रधानमन्त्रीले मात्रै बोक्नुपर्छ भनिरहयौ,
७५३ स्थानिय सरकार छ,
प्रदेश सरकार पनि छ,
तर हामी सतहत्तर जिल्लामै,
सातवटै प्रदेशमा,अझ भनौ टोल टोलमा
संघिय सरकार खोज्छौ,
प्रधानमन्त्रीलाई गाली गर्छौ,
सराप्नुसम्म सराप्छौ,
आखिर सबै टोल टोलमा अनि घरघरमा,
हरेक जनताको भान्सा र बिछ्यौनामा,
संघिय सरकार नै चाहिने भए,
प्रदेश सरकार किन बनाउनुपर्यो,?
स्थानिय सरकार किन चाहियो,,?
मेयर बन्न किन करोड खर्च गर्नुपर्यो,?
केहिकेही स्थानिय तहका जनप्रतिनिधिहरु खटिनुभएकै छ ,
जो जनताको अप्ठ्यारोमा साथी बन्नुभो,
भोक र प्यासको सारथि बन्नुभो,
भावनात्मक पिडाको मलाम बन्नुभो,
हृदयदेखि सलाम छ,
अनि यो संकटको घडिमा,विश्व दुखेको समयमा,
ज जसले संघिय सरकारको मात्रै बाटो हेर्नुभो,
उहाहरुमाथी साच्चिकै प्रश्न उठ्नेछ,
वडा अध्यक्षलाई थाहा हुनुपर्ने,
मेरा वडामा साच्चिकै श्रमजीवी मजुदुर कति छन ,
मेयर साहेबलाई थाहा हुनुपर्ने
मेरा नगरमा,मेरा उपमहानगर अनि महानगरमा ,
जालादारीगर्ने गरिबहरु कति छन भनेर,,
चुनाब आउँछ गाउभरी भोज चल्छ,
रोगले विश्व रुदा नगरबासिको नाउमा,
मेयर साहेबहरु १० रुपैयाँको माक्स किन्न,
१५० को सेनिटाईजर किन्न अनि,
नुन र चामल जुटाउन,
त्यही स्थानीय बिकास बजेट खर्च गर्न,,
थरथर हात कमाउनुहुन्छ,
जनताको नाममा खाएका कसमहरु,
जुनदिन खानुभो त्यही दिन बिर्सनु भो,
चोक चोकमा बसेर चिया खादा,
भट्टिभित्र पसेर दारु खादा,
हजारौ खर्च हुन्छ वास्ता हुन्थेन,
आज आफ्ना जनता भोकले छट्पटिदा
प्रधानमन्त्री गुहार्नुभो,
फेसबुक हेर्यो सरकारले यो गरेन,
टुईटर हेर्यो सरकारले उसो गरेन,
साथिभाई सङ्ग कुराकानी गर्यो,
भन्नुहुन्छ सरकार मौन किन छ,,?
आखिर सरकारले गर्नुपर्ने केहो,?
मेयर साहेब पनिशक्तिशाली सरकार हुनुहुन्छ,
मुख्यमन्त्री पनि बलियो सरकार हुनुहुन्छ,
कामै नगर्ने हो भने,प्रधानमन्त्रीकै मुख ताक्ने हो भने,
स्थानीय र प्रदेश सरकार किन चाहियो,,?

(आरती भण्डारी अनेरास्ववियू केन्द्रीय सदस्य हुनुहुन्छ) 

1 प्रतिकृयाहरू प्राप्त

पन्चकजी श्रेष्ठ लेख्नुहुन्छ | 7 महिना अगाडी

एकदमै सहि कुरा कवितामा लेख्नु भएको छ।त्यही हएर हाम्रो राष्ट्रिय कृषक समूह महासघले वर्गिकरण सहितको परिचयपत्र लागू गरु भनेको हो।

तपाईंको मत

To Top