विशेष

मुख्यमन्त्री पोखरेलले दिनुभएको ईद पर्वको शुभकामना सन्देश 

जेठ १२, 2077 बुटवल पोस्ट

बुटवल, जेठ १२ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । वहाँले शुभकामना सन्देश मार्फत ईद पर्वले समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।   मुख्यमन्त्री पोखरेलले ईद पर्वको अवसरमा दिनुभएको शुभकामना सन्दे...

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

बैशाख १४, 2077 बुटवल पोस्ट

काठमाडौं, वैशाख १४ । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको  थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले ल...

तार्गेटमा सरकार, निसाना जवज 

बैशाख १४, 2077 नरबहादुर घर्ती

गन्ध चलेसी नखोलियको बिर्को र धुवाँ निस्किएसी नहेरिएको आगो दुवै भयंकर हानिकारक हुन्छन । बिर्को नखोल्दा किरै पर्न सक्छ, आगो नहेर्दा ज्वाला निस्कन सक्छ, खरानिनै हुनपनी सक्छ । यो कुरा आदरणीय कमरेडहरु धेरैलाई थाहा छ । तर पनि गन्ध पचाएरै, धुवाँ सहेरै आँखा मिची मिची नबोलेरै सबै बस्नुभाछ । यतिसम्मत अनुसासन र आसाको त्यान्द्रोले सबैका ओँठ चप्काएरै राख्यो ...

कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

बैशाख १४, 2077 बुटवल पोस्ट

विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या दुई लाख दुई हजार ८८० पुगेको छ ।  विश्वविद्यालयको अद्यावधिक तथ्याङ्क बमोजिम विश्वभरि २८ लाख ९७ हजार ६४५ जना संक्रमित छन् । सबै...

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई ५७ करोड राहत प्याकेज दिइने

बैशाख १२, 2077 BUtwal Post

बुटवल, वैशाख १२ गते । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारण क्षति बेहोरेका किसानका लागि ५७ करोड रुपियाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ । अहिलेको प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादकलगायतका किसान बढी मर्कामा परेको हुँदा उनीहरूलाई लक्षित गरी उक्त रकम बराबरको राहत वितरणको प्रस्ताव गरिएक...

मुख्यमन्त्री पोखरेलद्धारा कोरोना नियन्त्रणका लागि एकजुट हुन आग्रह

बैशाख 10, 2077 बुटवल पोस्ट

बुटवल, बैशाख १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेले कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव हुने हुँदा सबैलाई एकजुट भएर अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे बुधवार मुख्यमन्त्री शंकर पोखरेलले  बर्दिया जिल्लाका राजनैतिक दलका नेता, प्रमु...

बुटवल उपमहानगरपालिकाद्धारा सयौं पैदलयात्रीको स्वास्थ्य परीक्षण र उद्धार 

बैशाख 10, 2077 बुटवल पोस्ट

बुटवल, बैशाख १० । विश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा विभिन्न स्थानबाट आफ्नो जाने पैदलयात्रीलाई बुटवलमा स्वास्थ्य परिक्षण र उद्धार गरिएको छ ।  बुटवल उपमहानगरपालिकाले पछिल्लो ४–५ दिनयता विभिन्न जिल्लाबाट आफ्नो घर जान हिडेका करिव १७०० पैदलयात्रीलाई निशुल्क खाना, बाँस, स्वास...

बि.सं. २०७७ सालमा विभिन्न ६ दिन सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय 

बैशाख 10, 2077 बुटवल पोस्ट

बुटवल, बैशाख १० । प्रदेश सरकारले प्रदेश नं. ५ मा वि.सं. २०७७ मा ६ दिन विदा दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकमा प्रदेशले दिने ६ दिनको विदा सम्बन्धी निर्णय भएको हो । बैठकको निर्णय अनुसार प्रदेशभरी बकर इदमा १ दिन, माघी विदा माघ १ र २ गते २ दिन, प्रदेश स्थापना दिवस फागुन ३ गते १ दिन गरी चार...

सैनामैनामा लकडाउन कार्यान्वयनलाई अझ कडाई बनाइने 

बैशाख ६, 2077 बुटवल पोस्ट

सैनामैना, बैशाख ६ । रुपन्देहीको सैनामैना नगरपालिकाले लकडाउनको कार्यान्वयनलाई अझ कडाई गर्ने निर्णय गरेको छ । सैनामैना विपद् तथा व्यवस्थापन समितिको शनिवार बसेको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम बढेकोे भन्दै सरकारले देशभर लकडाउन गरेको अवस्थामा पनि पुर्ण रुपमा नागरिकले लकडाउनको पालना नगरेकाले लक...

बुटवल आइपुगेका पैदलयात्रीको  उपमहानगरद्धारा ब्यावस्थापन, लकडाउनको कार्वान्वयनमा अझै कडाई गरिने

बैशाख ६, 2077 बुटवल पोस्ट

बुटवल, बैशाख ६ । लकडाउनका कारण काठमाडौं, चितवन लगायतका विभिन्न स्थानबाट बुटवल प्रबेश गरेका पैदल हिडेर आउनेहरुलाई बुटवल उपमहानगरपालिकाले आवश्यक सहयोग गरेको छ । बुटवल उपमहानगरपालिकाले शनिवार बिहान पुर्वतिरबाट बुटवल प्रवेश गर्नेहरुलाई धागो कारखाना अगाडीबाट गाडीमा राखी बुटवल–१२ स्थित कोइका टेन्निकल इन्सिच्युटमा बनाइएको क्वारेन्टाइनमा लगेर स्वास्थ्य ...
To Top