विशेष

रुपन्देहिमा आजै देखि भदाै ७ सम्म निषेधाज्ञा जारी

भाद्र २, 2077 बुटवल पोस्ट

रुपन्देहीमा भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आज एकैदिनमा १०१६ जनामा काेराेना संक्रमण पुष्टि

भाद्र २, 2077 बुटवल पोस्ट

नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।  

एसईईको नतिजा प्रकाशित (यसरी हेर्नुहाेस् नतिजा)

भाद्र १, 2077 बुटवल पोस्ट

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सो...

बुटवलमा संक्रमण बढ्दाे, आईतबार बिहान सम्म थप १६ जनामा काेराेना पुस्टि

साउन ३२, 2077 बुटवल पोस्ट

बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हुन्। संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन्।  यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधि...

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

साउन ३१, 2077 बुटवल पोस्ट

भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मध्यान्ह प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन कुराकानीमा ७४औं स्वतन्त्रता दिवसको शुभकामनाका साथै भारत सुरक्षा परिषद्को अस्थायी सदस्यमा  निर्वाचित भएकोमा समेत बधाई दिएको जनाएको छ । ‘नेपालका प्रधानमन्त्रीले भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रताको दिवसको शुभकामना दिनुभयो । साथै हालै भारत संयुक्...

आज थप ४६८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २६ हजार नाघ्यो

साउन ३१, 2077 बुटवल पोस्ट

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित आज (शनिबार) सम्ममा नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिएको छ । यो अवधिमा १२४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । देशभरका प्रयोगशालमा विगत २४ घण्टामा...

शुक्रबार २४ घण्टामा देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिए

साउन ३०, 2077 बुटवल पोस्ट

शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना को...

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधान उन्मुख; महासचिव पाैडेलकाे संयोजकत्वमा ६ सदस्यीय कार्यदल

साउन ३०, 2077 बुटवल पोस्ट

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधान उन्मुख रहेकाे बुझिएकाे छ । विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो। शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। कार्यदलमा महासचिव विष्णु पौडेल, ...

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई

साउन २९, 2077 बुटवल पोस्ट

त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ...

पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९, 2077 बुटवल पोस्ट

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ।  देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।  पछिल्लो २४ घण्टामा १०९ जना...
To Top