राजनीति

अनेरास्ववियू रुपन्देहीको विस्तारित बैठक सम्पन्न, उत्साहित भएर काममा फर्किन निर्देशन 

पौष १७, 2077    बुटवल पोस्ट

बुटवल, पौष १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू रुपन्देहीद्धारा आफ्ना कार्यकर्तालाई मुल बाटोमा हिड्न आग्रह गरेको छ । शुक्रबार बुटवलमा आयोजना गरेको विस्तारित भेलामार्फत अनेरास्ववियूले संगठन विस्तारको कामलाई तिव्रता दिन समेत निर्देशन गरेको हो । 

अनेरास्ववियू रुपन्देहीका संयोजक लेखनाथ खनालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै नेकपा रुपन्देहीका सदस्य तथा विद्यार्थी इन्चार्ज राजेन्द ढकालले अनेरास्ववियूलाई गतिशिल बनाउन आग्रह गर्नुभएको थियो । 

त्यस्तै भेलामा नेकपा रुपन्देहीका सचिवालय सदस्य तथा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले करिव अढाई वर्षदेखि पार्टी तथा जनसंगठनहरुलाई सक्रिय हुन नदिने झुण्ड अहिले विभिन्न बहानामा पार्टीबाट निस्कन खोजेको बताउनुभएको थियो । पुर्व विद्यार्थी नेता पन्थीले चलाएमान पार्टी र संगठनलाई अवरोध सिर्जना गरेर चल्न नदिने पंक्ति अहिले आत्तिएको बताउनुभएको थियो । 

भेलालाई सम्बोधन गर्दै अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेलले अनेरास्ववियूको मुल प्रवाहमा सबैलाई सहभागी हुन आग्रह गर्दै बाटो विराउनेहरु पछुताउनुपर्ने अवस्था आउने बताउनुभएको थियो । 

भेलामा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डेले पार्टी जिल्ला कमिटीले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सफल बनाउन सबैलाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रियताकमा साथ लाग्न निर्देशन गर्नुभएको उक्त भेला अनेरास्ववियू रुपन्देहीका नेता शेषकान्त पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top