राजनीति

पौष १९ गतेको भेलाको तिव्र तयारी गर्दै नेकपा बुटवल 

पौष १६, 2077    बुटवल पोस्ट

बुटवल, पौष १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर अन्तर्गतका शाखा कमिटीहरुको विस्तारित भेला तथा बैठकहरु तिव्र गतिमा भइरहेका छन । पौष १६ गते बिहिबार बुटवल वडा नं.–१, २, ३, ४, ७, ८, ९, १०, १२, १३, १४, १५, १६ र १९ को विस्तारित बैठक तथा भेलाहरु भब्य रुपमा सम्पन्न भएका छन् । 

बुटवल–१ मा बलबहादुर आचार्य, २ मा हरि कार्की, ३ मा सावित्रा अर्याल, कमल गौतम, ४ मा तेजेन्द्र के.सी. ७ मा पुरन गुरुङ्ग, ८ मा भोजप्रसाद श्रेष्ठ, ९ मा जानकी न्यौपाने, बुटवल–१० मा कृष्ण पोखरेल, गोपाल राना, १२ गोमा आचार्य, गुरुप्रसाद शर्मा, बुटवल–१३ बलबहादुर आचार्य, डिआर घिमिरे, बुटवल–१४ र १५ मा रामप्रसाद रेग्मी, १६ मा प्रेम गुरुङ्ग र बुटवल–१९ मा कुमार थापाले विस्तारित भेलाहरुको सम्बोधन गर्नुभएको थियो । 

बैठकहरुलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले आफ्ना सम्पूर्ण सदस्यहरुलाई कुनै पनि अन्यौल र भ्रममा नपरी कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकतावद्ध भएर पार्टीको काममा अगाडी बढ्न आग्रह गरेका थिए । उनिहरुले बाध्यात्मक अवस्थाले गर्दा यस्तो परिस्थिति आएकोले बताउदै घरमा आगो लगाएर सडकमा उफ्रिनुको कुनै औचित्य नभएको बताएका थिए । 

वडा कमिटीका विस्तारित भेला मार्फत पार्टीका कार्यकर्ता, समर्थक लगायत आम जनतामा देखिएको निराशा र विपक्षीले लगाएका झुट्टा भ्रमलाई चिर्ने काम गरिएको नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी गराउनुभएको छ । वहाँले भोली सबै वडा अन्तर्गत रहेका टोल कमिटीहरुको विस्तारित भेला आयोजना गरी सकरात्मक सन्देश लिएर आम जनसमुदायको घर घरमा पुग्न नेता कार्यकर्तालाई निर्देशन गरिएको बताउनुभएको छ । 

आज सम्पन्न नभएका बाँकी वडाहरु, उद्योगी, ब्यावसायी, युवा विद्यार्थी, महिला, मजदुरहरुको लगायत बुटवलका सबै टो ल कमिटीहरुको विस्तारित भेला यहि पौष १७ गते आयोजना गरिएको नगर कमिटीका संगठन विभाग प्रमुख केशव पन्थीले जानकारी गराएका छन् ।  

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top