शिक्षा

गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा नमुना मण्टेश्वरी भवनको उदघाटन 

मंसिर ११, 2077    बुटवल पोस्ट

तिलोत्तमा, मंसिर ११ । रुपन्देही क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । 

अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताउनु भएको थियो  । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनु भयो । विद्यालयका शिक्षक कृष्ण पोखरेलले सबै क्षेत्रको सहयोगले विद्यालयले भौतिक प्रगतिसँगै शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

यसैका जनप्रतिनिधि तथा सरकारका अर्थमन्त्री पौडेलले गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवन निर्माण कार्यको शुभारम्भ पछि नजिकै रहेको सरस्वती संस्कृत क्याम्पसको अवलोकन गर्नुभएको थियो । 


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top