शिक्षा

अर्थमन्त्री पौडेलद्धारा सैनामैनाका दुई विद्यालयमा निर्माण सम्पन्न भएका भवन उद्घाटन

मंसिर ११, 2077    बुटवल पोस्ट

सैनामैना । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार सैनामैना नगरपालिका अन्तरगतका दुई विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । अर्थमन्त्री पौडेलले सैनामैना नगरपालिका वडा नं.–१ रानिवगियामा रहेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन र वडा नं.–४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयको १६ कोठे भवनको उद्धघाटन गर्नुभएको थियो । रुपन्देही क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पौडेलले गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सैनामैना पर्रोहा परमेश्वर माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकास कोषबाट रु ३५ लाख, समपुरक अनुदान २० लाख, विद्यालय भौतिक पुर्वाधार निर्माण अनुदानबाट ३६ लाख र  उपभोक्ताबाट २७ लाख ९३ हजार ५ सय ५० गरी कूल रु.१ करोड १८ लाख ९३ हजार ५ सय ५० मा निर्माण सम्पन्न भएको हो ।

त्यस्तै पर्रोहा माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकास कोषबाट ६५ लाख, समपुरक अनुदानबाट ५० लाख गरी कूल १ करोड ९५ लाख विनियोजन भएकोमा रु. १ करोड ६१ लाख खर्च गरी १६ कोठे भवन निर्माण सम्पन्न भएको हो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top