राजनीति

नेकपाका महासचिव तथा अर्थमन्त्री पौडेल बुटवलका उद्योगी ब्यावसायीहरुसँग छलफलमा  

मंसिर 10, 2077    बुटवल पोस्ट

बुटवल, मंसिर १० । नेकपाका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र बुटवलका उद्योगी ब्यबसायीबिच विभिन्न विषयमा छलफल भएको छ । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङ सार्ने प्रस्तावसँगै असन्तुष्ट बनेका उद्योगी ब्यावसायीहरुका बिचमा अर्थमन्त्री विष्णु पौडेलले छलफल गर्नुभएको हो । अर्थमन्त्री पौडेलले रुपन्देहीमा राजधानी नरहेता पनि रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको भरपाइ  गरिने उद्योगी ब्यावसायी र यस क्षेत्रका संघसंस्थाका बिचमा प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । 

लुम्बिनी प्रदेशको स्थायी  राजधानी रुपन्देहीमा राख्ने  माग  सहित बुटवलका ब्यबसायीले गरेको आन्दोलनमा आफु सहभागी हुन नसकेकोमा दुख ब्यक्त गर्दै सबै क्षेत्रबाट आएका सुझावका आधारमा काम गर्ने र रुपन्देहीका उद्योगी ब्यबसायीबाट पनि आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभएको थियो । उद्योगी ब्यावसायीहरु सँगको भेलामा  सुस्त गतिमा चलेका विभिन्न विकासका कार्यलाई तिब्रता दिइने समेत जानकारी गराउनुभएको थियो । 

रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका महासचिव तथा अर्थमन्त्री पौडेल मंसिर १० र ११ गते आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top