राजनीति

पार्टीमा समस्या देखिएको छ – नेकपा महासचिव पौडेल 

मंसिर 10, 2077    बुटवल पोस्ट

बुटवल मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपो) का महासचिव विष्णु पौडेलले पार्टीमा अहिलेसम्मकै सबैभन्दा ठुलो समस्या आएको बताउनुभएको छ । मंगरबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वहाँले नेकपाको जीवन समस्याग्रस्त र अन्तरविरोधग्रस्त भएको बताउँदै नेपाली जनता, नेकपाका मतदाता र लाखौं कार्यकर्ताको चाहाना विपरित पार्टी समस्याग्रस्त भएको बताउनुभएको थियो । 

महासचिव पौडेलले पार्टीमा देखा परेका समस्याले विगतमा जनतासँग गरेका बाचाहरु, प्रतिवद्धताहरु र बनाईएका योजनाहरु नै अलपत्र पर्ने अवस्थामा पुगेको बताउँदै जनतालाई जवाफ दिन समेत नसक्ने अवस्थामा नेकपा पुगेको खुलासा गर्नुभएको थियो । बहाँले पार्टी एकता जोगाउनका लागि आफ्नो अन्तिम क्षणसम्म प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै नेकपालाई एकताबद्ध राख्ने विषय नेकपाको मात्र विषय नभएर नेपाली जनताको भविष्यसँग जोडिएको भएको स्पष्ट पार्नुभयो । 

पार्टीमा सैद्धान्तिक र वैचारिक अन्तरविरोध नभएको संकेत गर्दै महासचिव पौडेलले आफ्नै नेतृत्वमा बनेको कार्यदलको सिफरिस अनुसार सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टीसँगको सम्बन्धलाई जीवन्त बनाउन एकता महाधिवेशनको तयारी स्थायी समितिले गरेपनि ती निर्णयहरु कार्यान्वयन नहुँदा समस्या चुलिएको स्पष्ट पर्नुभएको थियो । पार्टीमा विनाकारण अन्तरविरोध चर्केको बताउँदै वहाँले अनयासै समस्या चर्काइएको आरोप लगाउनुभयो ।

पछिल्लो समय मर्यादा विपरित क्रियाकलाप देखिएको बताउँदै महासचिव पौडेलले मर्यादा बाहिर गएर कुनै क्रियाकलाप नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top