समाज

स्याङजाका पत्रकार डोटेलका बुवाको जग्गा पालिकाद्धारा रोक्का

असोज २९, 2077    बुटवल पोस्ट

स्याङजाको पुतलीबजार नथगरपालिकाले नेपाल पत्रकार महासंघ स्याङ्गजाका पूर्व अध्यक्ष प्रकाश डोटेलको बुवा कृष्णप्रसाद डोटेलको जग्गा रोक्का राखेको छ । पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिकालाई तिर्नुपर्ने राजश्व नतिरेपछि अदालत मार्फत साविक सेखाम–२, का कृष्ण प्रसाद डोटेलका सबै जग्गा रोक्का राखेको हो । 

पत्रकार डोटेलले पुतलीबजार नगरपालिकालाई पुतलीबजार नगरपालिकाको ट्याक्सी चोकमा निर्माण गरेको सपिङ महल भाडामा लिई नगरपालिकालाई बुझाउनु पर्ने राजश्व अहिले सम्म बुझाएका छैनन् । डोटेलले करिब दश लाख राजश्व पुतलीबजार नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । 
‘हामीले लामो समय सम्म कुर्यौ उहाले राजश्व बुझाउनु भएन । हामीले रोक्का राख्यौं’ – पुतलीबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले बताईन् । प्रकृयामा गएर लिलाम विक्री गरेर राजश्व संकलन गर्छैं क्षेत्रीले जानकारी दिईन् । 

पुतलीबजार नगरपालिकाले अदालत मार्फत कृष्ण प्रसाद डोटेलका चापाकोट नगरपालिकामा रहेका साविकका कित्ता नम्बरहरु १३५७, १४८४, १३९१, ४८४ र १०२६ रोक्का राखेको छ । कित्ता नम्बर १३५७ पहिले नै उपकार वचत तथा ऋण सहकारी संस्था मार्फत रोक्का राखिएको छ । 
डोटेलले करिब ५ वर्ष पहिले पुतलीबजार नगरपालिकाले निमार्ण गरेको सपिङ सेन्टर भाडामा लिएका थिए । उनले करिब १ लाख राजश्व मात्रै तिरेको करिब १० लाख तिर्न बाकी रहेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

2 प्रतिकृयाहरू प्राप्त

walingonline लेख्नुहुन्छ | 5 दिन अगाडी

राजनीतिक प्रतिशोध त होइन ?नगरपालिका को प्रतिनिधि का केही कुरा पत्रकार ले बाहिर ल्याये होलान् ।किनकी अब कम्युनिस्ट बाट भरोसा उठिसक्यो।अब कम्युनिस्ट हरु आफ्नो स्वार्थ को लागि जसको जे पनि गर्न सक्छन् ।कम्युनिस्टको रास्ट्रपति देखि वडा सदस्य समेत भ्रष्ट छ भने बिश्वास कसको ग्स्र्ने?

walingonline लेख्नुहुन्छ | 5 दिन अगाडी

राजनीतिक प्रतिशोध त होइन ?नगरपालिका को प्रतिनिधि का केही कुरा पत्रकार ले बाहिर ल्याये होलान् ।किनकी अब कम्युनिस्ट बाट भरोसा उठिसक्यो।अब कम्युनिस्ट हरु आफ्नो स्वार्थ को लागि जसको जे पनि गर्न सक्छन् ।कम्युनिस्टको रास्ट्रपति देखि वडा सदस्य समेत भ्रष्ट छ भने बिश्वास कसको ग्स्र्ने?

तपाईंको मत

To Top