अर्थ/बजार

सेती नदि जलविद्युत आयोजनामा विभिन्न बैंक तथा संस्थाले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने प्रतिवद्धता 

असोज २९, 2077    बुटवल पोस्ट

काठमाडौं, २९ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदि जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका छन् ।

भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजनामा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये आज ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने आज भिडियो कन्र्फेन्स मार्फत आयोजित एक कार्यक्रममा जानकारी दिए ।

आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्ता सहभागी छन् ।

विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी गराउनुभएको छ । नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने अध्यक्ष पोखरेलको प्रतिवद्वता रहेको छ । यो आयोजना सम्पन्न नभई अर्कोमा हात नहाल्ने भन्दै भोलीबाट कामलाई थप तिव्रता दिने जानकारी वहाँले दिनुभएको थियो । 

आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ ।आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव–स्टेशनमा जोडिने छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top