स्वास्थ्य

थप नाै किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्नेविषाक्त पदार्थ

असोज १२, 2077    बुटवल पोस्ट

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

किनकि साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइरसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेकाछन्।

अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका छन्। यसैको मौका छोपेर बजारमा अनेक थरीका सेनिटाइजर बिक्रीका लागिराखिएका छन्।

तर फाइदाका लागि सेनिटाइजर उत्पादक कम्पनीले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको पाइएको छ।

औषधि व्यवस्था विभागले अहिलेसम्म गरेको अनुसन्धानबाट बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्नेविषाक्त पदार्थ मिसाइएको पत्ता लागेकाे छ । 

ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसिएकोपाइएको विभागले सूचना प्रकाशन गरी जानकारी दिएको होे।

ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले तिनको प्रयोग र बिक्री/वितरण रोक्न निर्देशन दिएको छ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top