समाज

रेडक्रस र मदरल्याण्ड ईङ्गलिस स्कुलकाे सहयाेगमा बाढि पिडितलाई राहत वितरण

असोज १२, 2077    बुटवल पोस्ट

नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा र जु.रे.स. मदरल्याण्ड ईङ्ग्लिस स्कुलको सहयोग तथा मणिमुकुन्द उपशाखा बुटवलको आतिथ्यमा बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगन्जमा तिनाउ नदिमा आएको बाढीले घरबार बगाई पिडित भएका ६ घर परिवारलाई   राहत वितरण एक कार्यक्रम गरि सम्पन्न भएकाे छ । कार्यक्रम ने रे साे मणिमुकन्द उपशाखाका अध्यक्ष सुहा बहादुर नेपालीकाे अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. १७का वडा अध्यक्ष सन्त बहादुर राना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । 


राहत सामाग्रीहरुमा १थान पाल, २ थान कम्मल, १ थान बाल्टी , १ सेट खाने पकाउने भाडाकुँडा, लत्ता कपडा , चामल ५ केजी , दाल १ केजी , नुन १ केजी , मस्याैरा १ पाेका , आलु २ केजी , तेल १ पाेका , साबुन नुहाउने लुगाधुने १/१ थान प्रति परिवारका दरले वितरण भएकाे छ।  

बुटवल उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष सन्त बहादुर रानाले रेडक्रस र मदरल्याण्ड ईङ्ग्लिस स्कुलमा गठित युवा रेडक्रस सर्कलकाे सहयाेगकाे प्रसंसा गर्दै आफुले पनि रेडक्रसका गतिविधिमा सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भयाे। 

कार्यक्रममा मदरल्याण्ड ईङ्ग्लिस स्कुलका प्राचार्य मणिरत्न भण्डारी , ने रे साे विपत व्यवस्थापन समिति रुपन्देहीका सदस्य हरिहर श्रेष्ठ, समाजसेवी रीता सेन लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा  मदरल्याण्ड ईङ्ग्लिस स्कुलका शिक्षक नायक, सह शिक्षक नायक ,विद्यार्थी , समाज सेवी,  मणिमुकुन्द शाखाका रेडक्रस कर्मीहरु  र टोल बिकास सस्थाका सदस्यहरुको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन माया पाण्डेले गर्नु भएकाे थियाे ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top