राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

साउन ३१, 2077    बुटवल पोस्ट

भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मध्यान्ह प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन कुराकानीमा ७४औं स्वतन्त्रता दिवसको शुभकामनाका साथै भारत सुरक्षा परिषद्को अस्थायी सदस्यमा  निर्वाचित भएकोमा समेत बधाई दिएको जनाएको छ ।

‘नेपालका प्रधानमन्त्रीले भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रताको दिवसको शुभकामना दिनुभयो । साथै हालै भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएकोमा समेत बधाई दिनुभयो’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

साथै उक्त टेलिफोनमा कुराकानीमा कोभिड–१९ को असर न्यूनीकरणका लागि भएका प्रयासका लागि समेत ऐक्यबद्धता प्रकट गरेको मन्त्रालयले उल्लेख गरेको छ । मोदीले कोभिड–१९ नियन्त्रणमा नेपाललाई भारतको निरन्तर सहयोग रहनेसमेत बताएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मोदीले टेलिफोनका लागि ओलीलाई धन्यवाद दिँदै दुई देशबीचको सभ्यता र सांस्कृतिक संम्बन्धका बारेमा स्मरण गराएको समेत विदेश मन्त्रालयले जनाएको छ ।

2 प्रतिकृयाहरू प्राप्त

chiran लेख्नुहुन्छ | 3 महिना अगाडी

This topic is about the plant kingdom https://discover2001.blogspot.com/2020/08/abut-plant.html

chiran लेख्नुहुन्छ | 3 महिना अगाडी

This topic is about the plant kingdom https://discover2001.blogspot.com/2020/08/abut-plant.html

तपाईंको मत

To Top