राजनीति

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधान उन्मुख; महासचिव पाैडेलकाे संयोजकत्वमा ६ सदस्यीय कार्यदल

साउन ३०, 2077    बुटवल पोस्ट

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधान उन्मुख रहेकाे बुझिएकाे छ । विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।

शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो।

कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top