अर्थ/बजार

राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो

साउन २९, 2077    बुटवल पोस्ट

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर छ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ ।

वाणिज्य बैंकले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम गरेको हो । यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको बैकले जनाएको छ ।

अधिकतम प्रिमियम जोड्दा समेत ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बैकको दावी छ ।

बैंकले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको जनाएको छ । यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत बैंकले दिएको छ ।

कोरोना भाइरसको असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको हो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top