राजनीति

नेकपा नगर कमिटी सदस्य मल्ललाई पार्टीद्धारा कारवाही 

साउन २८, 2077    बुटवल पोस्ट

बुटवल, साउन २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीको कार्यालयको बैठकले बुटवल–११ निवासी नगर कमिटी सचिवालय सदस्य जितबहादुर मल्ललाई नगर कमिटीको सदस्य सहित संगठित सदस्यबाट समेत कारवाही गरेको छ । 

बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीद्धारा जारी विज्ञप्तिमा नगर कमिटी सचिवालय सदस्य मल्लले पार्टी विधान विपरित गम्भिर प्रकृतिको अनुशासन उल्लंखनको क्रियाकलाप गरेकाले कारवाही गरिएको जनाइएको छ । 

मल्लले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी निर्णय उल्लङ्घन गरेको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको, पार्टी कमिटीको गोपनीयता भङ्ग गरेको, पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको जस्ता विभिन्न गतिविधि गर्दै आइरहेको हुँदा कारवाही नगर कमिटीले जनाएको हो । 


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top