स्वास्थ्य

कपिलवस्तुका २ जनाकाे काेराेना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु

साउन २८, 2077    बुटवल पोस्ट

 

कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनीप्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमाकोरोना पोजिटिभ देखिएको थियो। सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। मंगलबार राती स्वास्थ्यमा थपसमस्या देखिएर उनको मृत्यु भएको डा गौतमले बताए।

अर्का कपिलवस्तुकै २५ वर्षिय युवाको पनि मृत्यु भएको छ। ‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमाकोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछिउनको पनि मृत्यु भएको छ । उनकाे हिजो नै स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हाल सम्म रिपोर्टआएको छैन। उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन्।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top