समाज

सरकारले रुकुमकाे चाैरजहारी घटनामा ज्यान गुमाउनेहरुलाई १०/१० लाख दिने

साउन २७, 2077    बुटवल पोस्ट

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले रुकुमकाे चौरजहारी घटनामा ज्यानगुमाएका सदस्यका परिवारलाई सरकारकाे तर्फबाट प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने कुराकाे जानकारी गराए।

सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए। त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ।

रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विकपुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो। घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top