समाज

आराेपी कल्पना शाही पक्राउ पछि खुल्याे गाेंगबु हत्याकाे रहस्य

साउन २७, 2077    बुटवल पोस्ट

काठमाडौं, २७ साउन । गोंगबु हत्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ ।

प्रहरी स्रोतका अनुसार कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । उनीहरु चिनजानमा रहेको र शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई दहीमा बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको संवेदनशील अङ्गमा घनले हानेर हत्या गरेकी थिइन् ।

हत्यापछि शव व्यवस्थापन गर्न सुटकेश सानो भएपछि दुईवटा खुकुरीको प्रयोग गरी टाउको र खुट्टा अलग पारेकी थिइन् । सुटकेशमा शरीर र झोलामा टाउको र खुट्टा राखेर पौलैपालो बाहिर लगेर फालेकी थिइन् । आइतबार विहान शव फेला परेको थियो । टाउको र खुट्टा नभएको शव फेला पारेपछि कुकुरको सहयोगले बाँकी अङ्ग र घटनास्थलबारे प्रहरीले पत्ता लगाएको थियो ।

खोज्दै जाँदा उक्त घरमा महिला नभएको जानकारी पाएपछि शंकाको सुई घुमेको थियो । महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो । साँझसम्म बयान लिने क्रममा कल्पनाले हत्या कसरी गरेको, किन गरेको कारणसहित खुलाएकी छिन् । त्यसबारे थप जानकारी प्रहरीले अहिले दिदैछ ।

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top