राजनीति

नेकपा बुटवलद्धारा समुहगत भेलामा सहभागी नहुन आम कार्यकर्तालाई निर्देशन

साउन २३, 2077    बुटवल पोस्ट

 बुटवल, साउन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले पार्टीको हित विपरितका समुहगत भेला नगर्न नगराउन नेतृत्वलाई खवरदारी र आम कार्यकर्तालाई त्यस्ता भेलामा सहभागी नहुन निर्देशन गरेको छ । बुटवल उपमहानगर अन्तर्गतका शाखा कमिटी अध्यक्षहरुको भेलामा उपमहानगर कमिटीले यस्तो निर्देशन गरेको हो । 

बैठकलाई सम्बोधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज नन्दिकेशर ढकालले पार्टी नेतृत्वको अहिलेको विवाद कुनै विधि र सिद्धान्तको नभएर कुर्चीको लडाई भएको बताउनुभएको थियो । वहाँले पार्टी एकताका सम्पूर्ण काम नसक्किदै कुर्चीका लागि लडाई गरेर पार्टी  र देशलाई संकटतर्फ धकेल्न खोज्नुले पार्टी र नेता कसैलाई पनि राम्रो नगर्ने बताउनुभएको थियो । 

बैठकमा जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक तेजेन्द्र के.सी.ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गरिएका गतिविधिहरु पार्टी एकताको मुल मर्म विपरित भएको हुँदा त्यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि खवरदारी गर्न शाखा कमिटीका अध्यक्षहरुलाई निर्देशन गर्नुभएको थियो । वहाँले शाखा कमिटीका अध्यक्षहरु पार्टीका जंगे पिल्लर भएको हुँदा पार्टीको मुल स्पीडलाई आत्मसाथ गर्दै अगाडी बढ्न आग्रह गर्नुभएको थियो । 
 

बैठकमा नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले पार्टी नेतृत्वलाई एकतावद्ध भएर जनताको आशा र भरोषालाई कुठाराघात नगरी अगाडी बढ्न आग्रह गर्नुभएको थियो । वहाँले विकास निर्माणमा पार्टीका आम नेता एवं कार्यकर्ता उत्साहित भएर लाग्न समेत अनुरोध गर्नुभएको थियो ।  


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top