राजनीति

गैडहवाबाट विभिन्न दल परित्याग गरी नेकपामा प्रवेश 

साउन १६, 2077    बुटवल पोस्ट

बुटवल, साउन १६ । रुपन्देहीको गैडहवामा दर्जनौ व्यक्ति नेपाली कांग्रेस र मधेशवादी दल परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । गैंडहवा गाउँपालिका वडा नं १ स्थित साडी माबिको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले टिका लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो।

नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सहयन्चार्ज समेत रहनुभएका नेता भट्टराईले गैडहवा लगायत लुम्बिनी क्षेत्रका विभिन्न समाजसेवी ब्यक्तिहरुलाई पार्टीमा स्वागत गराउनु भएको हो । 

नवप्रवेशीहरुले नेपाली कांग्रेस र मधेशवादी दलका नेताहरु आफनो स्वार्थ भन्दा माथि उठन नसकेकोले  र यो दलहरु सँग कुनै पनि मुद्दा र एजेण्डा नरहेकोले नकेपा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।


0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top