समाज

लुम्बिनी क्षेत्रको विकासका लागि युवालाई स्वरोजगार बनाउन आवश्यक – राष्ट्रियसभा सदस्य भट्टराई 

साउन १३, 2077    बुटवल पोस्ट

लुम्बिनी, साउन १३ । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि त्यस क्षेत्रका युवाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । वहाँले लुम्बिनीको समय सान्दर्भिक आवश्यकतालाई पहिचान गरि युवाहरुलाई रोजगार दिन सक्ने गरी लुम्बिनी बौद्धविश्व विद्यालयमा उत्पादनसँग सम्बन्धित कृषि विषयको पठनपाठन सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । वहाँले कृषि विषयको पठन पाठनका लागि सम्बन्धित निकायसँग सहकार्य र पहलकदमी गरिरहेको बताउनु भएको थियो । 

लुम्बिनी विकास मञ्चले लुम्बिनीमा रहेको लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजना गरेको वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै भट्टराईले लुम्बिनी क्षेत्रका सम्पुर्ण युवाहरुलाई  एकजुट भै सामाजिक सद्भाव, एकता, शान्ति तथा मेलमिलापको सन्देश प्रवाह गर्दै शान्तीको संवाहक बनी अगाडि बढ्न आग्रह गर्नुभएको थियो । 

प्रमुख अतिथि समेत रहनुभएका भट्टराईले युवाहरुको सीप विकास गरी सशक्तिकृत गर्दै स्वरोजगार बनाउन क्लवले महत्वपूर्ण अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा लुम्बिनी वौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा.तिलकराम आचार्यले लुम्बिनी विकास मञ्चसँग आबद्ध सम्पुर्ण युवाहरूले बुद्धका शिक्षालाई अनुशरण गर्दै बुद्ध दर्शनलाई फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरि आफुलाई सद्भाव र शान्तिका संम्वाहकको रुपमा स्थापित गर्नु पर्ने बताउनु भएको थियो । 

समृद्धिका लागि साझा प्रयास भन्ने मुल नाराका साथ स्थापित यहि साउन ११ गते प्रथम साधारण सभा सम्पन्न गरेको छ।लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा आयोजित साधारण सभा खुला र बन्द सत्र गरि दुई चरणमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले मञ्चको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष अनुपा कुवरले बार्षिक आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मञ्चलाई योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरिनुका साथै संस्थाका संरक्षक, सहसंरक्षक तथा आजिवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै मञ्चको सदस्यता वितरण गरिएको थियो ।

 

विकास मञ्चको साधारणसभा तथा प्रथम अधिवेशनबाट सन्दीप गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा शिवनन्दन हरिजन, सचिवमा सुवास पुन, सह–सचिवमा चक्रधर चौधरी, कोषाध्यक्षमा अनुपा पौडेल क्षेत्री, सदस्यहरुमा झरना चौधरी, बालकृष्ण हमाल, सुरेन्द्र कुमार लोध, ममता घर्ती क्षेत्री, चाँदबाबु भाट र दिनेश तिवारी सहितको ११ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top