राजनीति

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल नियुक्त

साउन १२, 2077    बुटवल पोस्ट

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुन नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवालसहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रिपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

त्यसै गरी आज बसेको मन्त्री परिषद बैठकले समाज कल्याण परिषदको सदस्य सचिबमा पुष्कर खातीलाई नियुक्ति गरेको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top